रसिद खानको उत्कृष्ट खेलसंगै अफगानिस्तान १३६ रनले विजयी

काठमाडौं

एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाइ १३६ रनले पराजित  गरेको छ । गएरातिको खेलमा २५६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.१ ओभरमा ११९ रन बनाउँदै अल आउट भयो । बंगलादेशलाई रोक्ने क्रममा अफगानिस्तानका रासिद खान,मुजिबर रहेमान गुलाबदिन नाबिले दुई–दुई विकेट लिएका थिए ।

अबुधाबी मैदानमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा २५५ रन बनाएको अफगानिस्तानले रसिद खानको उत्कृष्ट खेलसंगै अफगानिस्तान १३६ रनले विजयी भएको छ । बंगलादेशका सर्वाधिक ३२ रन बनाउँदा मोहमदुल्लाहले २७ तथा मोसादिक हसनले नट आउट २६रन मात्र बनाउन सके । बंगलादेशका ८ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

जीतका लागि हस्मतुल्लाह साहिदीले ५८ रनको पारी खेलेका थिए भने अफगानिस्तानका अलराउण्डर रासिद खानले विस्फोटक ब्याटिङ गर्दै ५७ रन जोडेका थिए । उनले ३२ बलमा ८ चौका तथा १ छक्का प्रहार गरेका हुन्  । त्यसैगरी गुलाबदिन नाइब पनि ४२ रनमा नट आउट  रहे । उनले ३८ बलमा ५ चौका प्रहार गरेका थिए ।

बंगलादेशका शकिब अल हसनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । १० ओभर बलिङ गरेका हसनले १ ओभर मेडन राख्दै ४२ रन खर्चिएका थिए ।

 

 

Leave a comment